विरोधकाबीच फिल्म ‘रङ्गेली’को सेन्सर पास, पायो पिजी सर्टिफिकेट

फिल्मी फण्डा ।  फिल्म ‘रङ्गेली’को सेन्सर पास भएको छ । फिल्मलाई चलचित्र जाँच पास समितिले ‘पिजी सर्टिफिकेट’ दिएको छ । यो फिल्म हेर्नका लागि १६ बर्ष भन्दा कम उमेरका बालबालिकालाई बाबुआमाको साथ चाहिन्छ । 

यो फिल्मको नाममा आपत्ति जनाउँदै चलचित्र सेन्सर बोर्डले सर्टिफिकेट दिन आनाकानी गरेको थियो । विशेषगरि, मोरङको ‘रङ्गेली नगरपालिका’को नाममा फिल्म बनेकाले गर्दा पनि नगरपालिकाबाट अनुमति पत्र लिएर आउन सेन्सर बोर्डले निर्मातालाई भनेको थियो ।

सेन्सरले फिल्मको आपत्ति जनाउँदै प्रमाणपत्र दिन अस्वीकार गरेपछि फिल्मकर्मीहरूले सामाजिक सञ्जालमार्फत् विरोध गरेका थिए । फिल्मकर्मीहरूको चर्को विरोधपछि सेन्सर बोर्डले ‘रङ्गेली’लाई सहज रूपमै प्रमाणपत्र दिएको हो ।

निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा आदिको अभिनय छ । फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा तथा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने सह–निर्माताहरु युवक कार्की र शिव शङ्कर  चौलागाईं हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech