प्रदीप भट्टराईद्वारा लिखित तथा निर्देशित फिल्म ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक 

फिल्मी फण्डा । फिल्म ‘महाजात्रा’को ट्रेलर सार्वजनिक भएको छ ।  प्रदीप भट्टराईद्वारा लिखित तथा निर्देशित फिल्ममा हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, विपिन कार्की र वर्षा राउतको शीर्ष भूमिका छ ।

 ट्रेलरले चरित्र चित्रण र कथावस्तुलाई थप प्रकाश पारेको छ । आगामी चैत ९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माताहरूमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech