अभिनेत्री नन्दिता केसीले प्रेमी अरविन्द्र कटवालसँग  गाँसिन लगनगाँठो 

फिल्मी फण्डा । अभिनेत्री नन्दिता केसीले  आज लगनगाँठो कसेकी छिन् । शनिवार एक समारोहकाबिच प्रेमी अरविन्द्र कटवालसँग उनले लगनगाँठो कसेकी हुन् । 

विवाह अगाडि बिहीबार केसीको मेहन्दी सेरोमनी आयोजना गरिएको थियो । रानीवनस्थित रेसुभिल्ला रिसोर्टमा आयोजित मेहन्दी सेरोमनीमा अभिनेत्री श्वेता खड्का, रीमा विश्वकर्मा, निर्देशक रेनेशा बान्तवा राई, गायिका रेखा शाहलगायत सेलिब्रेटी, उनका नजिकका आफन्त र रंग पत्रकारको उपस्थिति थियो । 

नन्दिताले केही अगाडि प्रेमी अरविन्द्र कटवालसँगको इन्गेजमेन्ट तस्बिर सार्वजनिक गर्दै विवाह जानकारी दिएकी थिइन् । मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौँमा छन् । यी दुईबिच ६ महिनाअघि भेट भएको थियो । यी दुईले मागी विवाह गरेका हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech