अल्लु अर्जुनको पुष्पा–२ः को एउटै फाइट सिनमा ५० करोड भारु खर्च

फिल्मी फण्डा । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको फिल्म पुष्पा–२ मा निर्माण पक्षले फिल्मको एउटा फाइट सिनको सुटिङमा ठुलो धनराशि खर्च गरेका छन् । यो दृश्य करिब ३० मिनेट लामो भएको र यसको सुटिङका लागि ३५ दिन खर्च गरिएको बताइएको छ । यसमा निर्माताहरुले सानो तिनो फिल्म नै बन्ने पैसा खर्च गरेका छन् । खबरका अनुसार यो दृश्य छायाङ्कन गर्न ५० करोड भारु खर्च गरिएको छ ।

सुकुमारको लेखन र निर्देशनमा सन् २०२१ मा ‘पुष्पाः द राइज’ रिलिज भएको थियो । खासै धेरै प्रमोसन नगरिएको यो फिल्म ब्लकबस्टर साबित भयो । २०० करोड भारु लागतमा बनेको फिल्मको पहिलो भागले ३७० करोडभन्दा बढीको व्यापार गरेको थियो । फिल्म सुपरहिट भयो । संवाद, कथा र नृत्यले समेत निकै प्रशंसा पायो । निर्माताहरूले फिल्मको दोस्रो भाग बनाइरहेका छन् । यो फिल्मको बजेट ५०० करोड भारु आसपास छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech