फिल्मी फण्डा । रेखा थापाको फिल्म ‘उपहार : द जर्नी लाइफ’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक गरिएको छ । विहीबार सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, अञ्जु पन्त र साइराज खातीको स्वर छ ।
गीतलाई इन्दिरा अधिकारीले लेखेकी हुन् । गीतमा उनले मुकुन भुषालसँग जोडी बाँधेकी छन् ।
समर्पणजंग कार्की र पूजा शर्मा, तेज गिरी र बेनिशा हमालको जोडी गीतमा बाँधिएको छ । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल लगायतको अभिनय छ ।
https://youtu.be/FuRX4u0_ULM?si=e6a1zaL0Cq9ibWY2