फिल्मी फण्डा । गायक सुनिल गिरीले नयाँ गीत ‘चरक्कै’ ल्याएका छन् । सुनिलकै शब्द तथा संगीत रहेको गीतलाई गण्डक क्षेत्रको रोदी शैलीमा निर्माण गरिएको छ ।
गुरुङ समुदायका दुई युवायुवतीको प्रेममा सामाजिक अन्धविश्वास बाधक बनेपछि आउने उतारचढावको कथा गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गणेशमान घले र जुना गुरुङको अभिनय रहेको भिडियोलाई सुनिल गिरी स्वयंले निर्देशन गरेका छन् । भिडियो कथा पनि उनकै हो । भिडियोमा विवेक विकको छायांकन छ भने सम्पादन र कलर संयोजन मनोज कार्कीले गरेका हुन् । गीतको छायांकन धादिङको रुबी भ्यालीमा गरिएको हो ।
https://youtu.be/tJCDikHsaKo?si=Jxbjau9Y4KaTFwBL