ब्रम्हानन्दम, अलि र ‘गजनी’ अभिनित नेपाली फिल्म ‘ह्रस्वदीर्घ’को उत्तर अमेरिकी राइट बिक्री

फिल्मी फण्डा । अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्वदीर्घ’लाई उत्तर अमेरिकामा एभरेस्ट इन्टरटेनमेन्ट तथा इ–पिक इन्टरटेनमेन्टले रिलिज गर्ने भएका छन् । हालै छायांकन सकिएको यो फिल्म स्वदेशमा भने असोज ११ गते रिलिज हुनेछ ।

चन्द्र पन्त निर्देशित फिल्मलाई अमेरिका र क्यानडामा रमेश भट्टको एभरेस्ट र अभिजित राईको इ–पिक इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेका हुन् । यो फिल्म विश्वब्यापी नेपाली र तेलुगु भाषामा रिलिज हुने निर्माताद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

यसअघि यो फिल्मलाई जापान र दक्षिण कोरियामा बिक्री गरिएको थियो । नेपाली र भारतीय कलाकार समावेश यो फिल्मको सुटिङ गतमहिना चितवन आसपासमा भएको थियो । मल्टिस्टारर यो फिल्ममा चर्चित नेपाली र भारतीय अभिनेताको लाइनअप छ ।

ब्रम्हानन्दम, अलि र ‘गजनी’ फिल्मका अभिनेता विजय रावत यो फिल्ममा छन् । नीता ढुंगानासहित हरिहर अधिकारी, सरोज खनाल, गरिमा शर्मा, संचिता लुइँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, बिपना थापा, रविन्द्र झा पनि यसमा छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech