फिल्मी फण्डा। कार्तिक आर्यन र तृप्ति डिम्रीको आगामी फिल्म ‘आशिकी ३’ फ्लोरमा जानुअघि नै समस्यामा घेरिएको छ । सुरुमा मेकरहरूले फिल्मको नाम ‘आशिकी ३’ बाट फेरेर ‘तू है आशिकी’ राखे । सामाजिक सञ्जालमा युजरहरूले यो फिल्म सन् १९८१ मा रिलिज भएको फिल्म ‘बसेरा’को रिमेक हुने भनिरहेका छन् । फिल्म ‘बसेरा’ का निर्माता रमेश बहल थिए ।
दिवङ्गत फिल्म निर्माताका परिवारले टी सिरिजको नाममा नोटिस जारी गरेको छ । जारी गरिएको सूचनामा टी सिरिजका मालिक भूषण कुमारलाई प्रश्न सोधिएको छ । तू है आशिकीको निर्देशन अनुराग बसुले गर्ने भएका छन् । आफ्नो अनुमतिबिना फिल्म बनाइएको भन्दै रमेश बहलका परिवारका सदस्यले नोटिस दिएको बताइएको छ ।