फिल्मी फण्डा । नीति शाहको डेब्यु फिल्म ‘खजुरे ब्रो’को प्रदर्शन मिति घोषणा भएको छ । शनिबार पोस्टर सार्वजनिक गर्दै बैशाख २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
महेश त्रिपाठी, रियर राईको प्रमुख भूमिका रहेको यो कमेडी–एक्सन फिल्ममा धरानका मेयर हर्क साम्पाङको केमियो अभिनय छ ।
खजुरे ब्रोको भूमिकामा रियरले अभिनय गरेका छन् । धरानका एक चर्चित पात्रको जीवनमा आधारित रहेर यो फिल्म बनाइएको बताइएको छ ।निर्देशक सुरज सुनुवारको निर्देशन रहेको यो फिल्मको निर्मातामा नवीन मानन्धर र सुरज सुनुवार छन् ।