निर्देशक समुन्द्र भट्टको नयाँ फिल्ममा एलिजा र निश्चल अनुबन्धित

फिल्मी फण्डा । निर्देशक समुन्द्र भट्टको नयाँ फिल्ममा अभिनेत्री एलिजा गौतम र अभिनेता निश्चल खड्का अनुबन्धित भएका छन् ।

द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा एलिजा र निश्चललाई शनिबार समुन्द्रले अनुबन्धित गरेकी हुन् । फिल्मको नाम भने टुंगो लागिसकेको छैन ।

 फिल्म आगामी वैशाखमा छायाङ्कन हुनेछ । फिल्ममा समुन्द्रकै कथा हुनेछ । फिल्म ‘अनुराग’बाट डेब्यु गरेकी एलिजाले त्यसयता थुप्रै म्युजिक भिडियोमा काम गरिसकेकी छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech