‘डिग्री माइला’को पहिलो गीत ‘सुस्त सुस्त’मा दयाहाङ र आँचल

फिल्मी फण्डा । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो फिल्मको मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई भिडियोमा  प्रस्तुत गरिएको छ । 

गीतमा एसडी योगीको संगीत, दिल्लु चम्लागाईंको शब्द रचना, योगी र विज्ञानी पराजुलीको स्वर समावेश छ । युमी बलामीको कोरियोग्राफी र निर्देशक रेनेशा बान्तवा राईको नृत्य निर्देशन छ ।

बाँसुरी फिल्म्सले कबड्डी फिल्म्स तथा सुष्मा फिल्म्ससँग मिलेर यसको निर्माण गरेको हो । फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech