प्रदीप खड्का र सौगात मल्लको फिल्म  ‘पिताम्बर’को छायाँकन सुरु 

फिल्मी फण्डा । निर्देशक कृषा चौलागाईंको फिल्म  ‘पिताम्बर’ को आजबाट छायाँकन सुरु भएको छ ।  सरस्वती पूजाको दिनमा पूजा गर्दै  शुभसाइत गरिएको फिल्मको आजबाट छायाँकन सुरु भएको हो । 

यो फिल्मको केन्द्रीय भूमिकामा नायक प्रदीप खड्काले काम गर्दैछन् । उनको साथमा फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, आँचल शर्मा, सुरक्षा पन्त, सुपुष्पा भट्ट, प्रमोद अग्रहरी, दिव्य देव, कामेश्वर चौरासियाँ लगायतको मुख्य भूमिका रहने छ । 

प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा निर्देशक कृषा स्वयंको निर्माण रहनेछ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech