फिल्मी फण्डा । निर्देशक मिलन चाम्सको चलचित्र ‘गोर्खा वारियर’ आजबाट देशभर प्रदर्शनमा आएको छ। बुधबार काठमाडौंमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न गरेर यो फिल्म आजबाट प्रदर्शनमा आएको हो । प्रिमियरमा विभिन्न राजनीतिक नेता, कुटनीतिज्ञ, सिनेकर्मी, सञ्चारकर्मी, बुद्धीजिवी, विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति थियो ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली प्रमुख आतिथि रहेको प्रिमियर शोमा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराती, पूर्व उपप्रधान मन्त्री तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, साँसद ज्ञानेन्द्र बहादुर शाही, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, नेपालका लागि बेलायती राजदुत रब फेनलगायत विभिन्न नेता तथा कुटनीतिज्ञहरुको उपस्थित थियो ।
निर्देशक मिलन चाम्सको यो निकै नै अपेक्षित फिल्म हो । यो फिल्ममा विजय लामा, रेबिका गुरुङ, रेअर राई, कविता आले लगायतको अभिनय रहेको छ ।