साम्राज्ञी र धिरजको फिल्म ‘रुमानी रङ्ग’ को औपचारिक घोषणा

फिल्मी फण्डा । साम्राज्ञी राज्यलक्ष्मी शाहसँग धिरज मगरको जोडी कस्दै रोमान्टिक सिनेमा ‘रुमानी रङ्ग’को औपचारिक घोषणा गरिएको छ । अनिल योञ्जनको निर्देशन रहने सिनेमामा साम्राज्ञी र धिरजले ‘इन्टु मिन्टु लन्डनमा’ पछि दोश्रो पटक पर्दामा एकसाथ रोमान्स गर्ने लागेका हुन् ।

राजधानीमा एक कार्यक्रमका बिच घोषणा भएको चलचित्रमा कथा/पटकथा/संवाद निर्देशक योञ्जनकै रहनेछ। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको व्यानरमा निर्माण हुने चलचित्रमा जिएम ठकुरी प्रस्तुकर्ता रहेका छन् भने हरि मल्ल ठकुरी निर्माता हुन्।

चलचित्रको ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ। चलचित्रले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माण पक्षले दिएको छ। निर्माणपक्षले यसलाई रंगिन प्रेमकथा भनेको छ।

चलचित्र वैशाखको पहिलो साताबाट फ्लोरमा जाने बताईएको छ। ‘रुमानी’को अर्थ एउटा सुन्दर र मनमोहक हो। महेश पौडेलको सिनेम्याटोग्राफी रहने चलचित्र मा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सह निर्माता छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech