फिल्मी फण्डा । सुदर्शन थापाले निर्देशन गर्ने फिल्म ‘रावायण’को शीर्ष भूमिकामा पल शाह र पूजा शर्मा अनुबन्धित भएका छन् ।
अन्य कलाकारमा प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, शिल्पा मास्के, निकिता चाण्डक र कैलाश रावल छन् ।
चैत १० गतेदेखि छायांकन सुरु हुने फिल्मको सुदर्शन थापा र पूजा शर्माले आफ्ना ब्यानरको सहकार्यमा निर्माण गर्न लागेका हुन् ।
फिल्मको छायांकन काठमाडौं, हेटौंडा, सर्लाही र जनकपुरमा हुनेछ । शिवम् अधिकारी तथा दुई भारतीय फिल्म लेखकहरु प्रदीप श्रीवास्तव र राज गौरवले पटकथा लेखेका हुन् ।
‘रावायण’मा यसअघि अनमोल केसी तय थिए तर उनी बाहिरिएपछि प्रोजेक्टमा पल भित्रिएका हुन् ।