फिल्मी फण्डा । चलचित्र निर्देशक राजु गिरीको नयाँ फिल्म “इश्वर” को ७५ प्रतिशत छायाँकन सकिएको छ । पोखरामा छायाँकन भईरहेको यसै फिल्मबाट नायक ध्रुव थापाले डेब्यु गर्दैछन ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने सिनेमाको मुख्य भुमिकामा नायक ध्रुब थापासँगै नायिका अनु शाह, कृष्टि गुरुङ, सुनिल थापा,सबिन बास्तोला,नायक पृथ्वी राज प्रसाईं,माओस्य गुरुङ,हरि बहादुर थापा,रबिन्द्र झा,बुद्धि लामा,शिशिर बाङ्देल,सबिन बास्तोला र गिता अधिकारीको अभिनय रहेको छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने सिनेमा राजेन्द्र बजगाई बीपी वाग्ले र अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
