दीपिका पादुकोण आमा र रणवीर सिंह बुबा बन्दै 

फिल्मी फण्डा। लण्डनमा आयोजित ७७ औं बाफ्टा अवार्ड समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले पटक पटक साडीले पेट लुकाउने प्रयास गरिरहेकी थिइन् । त्यसपछि दीपिका गर्भवति भएको र आफ्नो बेबी बम्प लुकाउने प्रयास गरेको अफवाह उड्न थाल्यो । यिनै अफवाहहरूबिच दीपिका पादुकोण र रणवीर सिंहको नजिकका एक स्रोतले अभिनेत्री गर्भवति रहेको खबरको पुष्टि गरेका छन् ।

सिंह दम्पत्ति निकट स्रोतले द वीक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनीको गर्भधारण पुष्टि गरेका हुन् । दीपिका गर्भवती भएको ४ महिनाभन्दा बढी भइसकेको बताइएको छ । बाफ्टा समारोहमा दीपिका प्रस्तोताको रुपमा सहभागी भएकी थिइन् । यो समारोहमा उनले डिजाइनर सब्यसाचीले डिजाइन गरेको झिलिमिली साडी लगाएकी थिइन् । समारोहमा खिचिएका दीपिकाका धेरै तस्बिर भाइरल भएका थिए ।

दीपिकाले सन् २०१८ मा रणवीर सिंहसँग विवाह गरेकी थिइन् । दुबैको भेट पहिलो पटक फिल्म गोलियों की रासलीलाः रामलीलाको सेटमा भएको थियो । सँगै काम गर्दागर्दै दुवै प्रेममा परे र ५ वर्षको प्रेम सम्बन्धपछि विवाह गरे । दीपिका र रणवीरले गोलियों की रासलीलाः रामलीलाबाहेक  पद्मावत, बाजीराव मस्तानी र ८३ मा सँगै काम गरिसकेका छन् । रणवीरको फिल्म सर्कसमा दीपिकाले क्यामियो गरेकी थिइन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech