फिल्मी फण्डा । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार चार सेसनमा अन्तरसंवाद र एक फिचर लेखन कार्यशाला गरिएको छ ।
दोस्रो दिनको तेस्रो सेसनमा सिनेमा बजार’ विषयमा अन्तरसवांद गरियो । पत्रकार सुब्रतराज आचार्यले सहजीकरण गरेको अन्तरसंवादमा नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, अभिनेत्री स्वस्तिमा खड्का, चलचित्र विकास बोर्डका सदस्य राजु केसी र हाइलाइट्स नेपालका प्रबन्ध निर्देशक जनक तामाङ वक्ता थिए ।
चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले आफूहरु पनि नेपाली चलचित्रको बजारको खोजीमा रहेको बताए । उनले चलचित्र भवनको संख्या घटेसँगै त्यसको चलचित्रको बजार र व्यापार पनि घट्दै गएको दाबी गरे ।
४ सय ५० बाट हलको संख्या १ सय ५० मा झरिसकेको छ । जबकी अहिले चलचित्र निर्माणको संख्या १ सयको हाराहारीमा छ । तराईमा हल छ, तर बजार शुन्य छ । यो अवस्था कसरी आयो हामीले समीक्षा गर्नुपर्ने बेला भइसकेको छ’, उनले भने, हामी अहिले निराश छौं । सिंगल थिएटर हराउने अवस्था आइसकेको छ । दर्शकहरु राम्रो हिन्दी र नेपाली चलचित्र आउँछन् कि भनेर कुरेर बसिरहेका छन् ।’
महर्जनले चलचित्र विकास बोर्डमा ।।।भिजन’ लिएर आउने मान्छेको अभाव भएकाले त्यसको मारमा चलचित्रकर्मी परेको गुनासो गरे । उनले बोर्डले चाहेको खण्डमा स्थानीय सरकारसँग समन्वय गरी हल बनाउन सकिने सुझाव दिए । महर्जनले आफूहरुरकारलाई कर’ तिर्न सधैं तयार रहे पनि सरकारबाट त्यसको सट्टा के पाउन सकिन्छ ? भनेर प्रश्न गरे ।
चलचित्र विकास बोर्डका सदस्य राजु केसीले नेपाली चलचित्रले पाँच दशकको यात्रा गरिरहँदा बजार कति खोज्न सकियो भन्दै प्रश्न गरे । धेरै टाढा नजाउँ, नजिकै विश्वकै दोस्रो ठूलो चलचित्र बजार बलिउड छ । तर पनि त्यहाँ हामीले बजार खोज्ने प्रयास गरेका छैनौं’, उनले भने, अर्को कुरा हामीले चलचित्र संस्कारको विकास गर्न सकेनौं । यसतर्फ राज्यको ध्यान जान जरुरी छ ।’
अभिनेत्री स्वस्तिमा खड्काले आफू निर्माताका रुपमा आउँदा बजारको विषयलाई नजिकबाट बुझेको खुलाइन् । पहिला अभिनेत्रीकै रुपमा काम गर्दा म मेरो पारिश्रमिक लिएर त्यही अनुसार अभिनय गर्थें । अब निर्माताका रुपमा आउँदैछु । चलचित्र निर्माणका विषयमा मेरो एकजना साथीसँग आर्थिक पाटोको कुरा गर्दा निर्मातालाई पैसा उठाउन गाह्रो हुने गरेको थाहा पाएँ’, स्वस्तिमाले भनिन्, चलचित्र दिमाग खराबको प्रदर्शनकै समयमा निर्माताको दुःख थाहा पाएँ । चलचित्रको बजारको कुरा गर्ने हो भने मैले पनि पारिश्रमिक लिँदा गर्व गर्ने अवस्था छैन ।’
हाइलाइट्स नेपालका प्रबन्ध निर्देशक जनक तामाबले नेपाली बजारमा ओटिटी प्लेटफर्मको माहौल नभएको जिकिरे गरे । उनले नेट्फ्क्लिसले भर्खरै मात्र नेपाली बजारमा आफूलाई भित्र्याएको उल्लेख गर्दै त्यसको प्रयोगका विषयमा अधिकांश जानकार नरहेको दाबी गरे ।