दोस्रो दिनको चौथो सेसनमा 'सिनेमा पर्यटन’ विषयमा अन्तरसवांद

फिल्मी फण्डा । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार चार सेसनमा अन्तरसंवाद र एक फिचर लेखन कार्यशाला गरिएको छ ।

दोस्रो दिनको चौथो सेसनमा सिनेमा पर्यटन’ विषयमा अन्तरसवांद गरियो । सञ्चारकर्मी दिनेश डिसीले सहजीकरण गरेको अन्तरसंवादमा नेपालपर्यटन बोर्डका डा.  सूर्य थपलिया, चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल, अभिनेत्री केकी अधिकारी र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी वक्ता थिए ।

पर्यटन बोर्डका डा. सूर्य थपलियाले आजसम्म पनि चलचित्र र पर्यटनलाई उद्योगको मान्यता नदिइरहँदा पनि चलचित्रले नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान दिइरहेको बताए । उनले गाउँका अग्र्यानिक कथा, संस्कृतिलाई प्राथमिकता दिएर चलचित्र निर्माण गर्न सके त्यसले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा योगदान दिने बताए ।

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहालले आफू चलचित्र विकास बोर्डमा हुँदा सुरु गरेको स्टोरी बैंक’को अवधारणा चलचित्र पर्यटनकै लागि ल्याएको बताए । उनले बोर्डमार्फत सञ्चार मन्त्रालयमा विश्वका ४३ वटा देशमा चलचित्र पर्यटन दुत नियुक्त गर्न माग गर्दै प्रस्ताव पेस गरेको स्मरण गर्दै त्यसमा मन्त्रालयबाट नीतिगत उल्झन रहेको बताए । उनले आफ्नै पालामा ।।।फिल्मिब इन नेपाल’ नामक पुस्तक
प्रकाशन गरेको स्मरण गर्दै त्यो पुस्तकले नेपालको चलचित्र पर्यटनमा केही हदसम्म योगदान दिएको दाबी गरे । अभिनेत्री केकी अधिकारीले नेपालका सम्भावना भएका स्थानलाई । 

पर्यटन हटस्पट’ बनाउन सकिने भन्दै त्यसमा चलचित्रकर्मी, सरकारले चासो
दिनुपर्ने बताइन् । उनले आफूले अभिनय गरेका चलचित्रका गीत र दृश्यले चलचित्र पर्यटनमा योगदान दिएको स्मरण गरिन् । विकास बोर्डका अध्यक्ष भुवन केसीले पर्यटनसँग नेपाली चलचित्र रहेकाले विदेशीले जबसम्म नेपाली चलचित्र हेर्दैनन्, तबसम्म नेपालको पर्यटन प्रवद्र्धन नहुने ठोकुवा गरे । उनले नेपाल पर्यटन बोर्डसँग सहकार्य
गर्नका लागि चलचित्र विकास बोर्डले निरन्तर छलफल गरेको बताए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech