फिल्मी फण्डा । फिल्म ‘डन ३’ मा अभिनेत्रीको रुपमा कियारा आडवाणी भित्रिएकी छन् । फरहान अख्तर तथा एक्सेल इन्टरटेनमेन्टले फिल्मको अभिनेत्रीको रुपमा आडवाणी भित्रिएको जानकारी दिएका हुन् ।
शाहरुख खान अभिनीत ‘डन‘को यो तेस्रो सिक्वेल हो । फिल्ममा शाहरुखको ठाउँमा रणवीर सिंहले डनको भूमिका निर्वाह गर्नेछन् । निर्माण युनिटले प्रियंकाको ठाउँमा कियारालाई भित्र्याएको हो । फिल्मको निर्देशन फरहान अख्तरले गर्दैछन् ।