फिल्मी फण्डा । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’को टिजर सार्वजनिक गरिएको छ । आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने तयारीमा रहेको फिल्मले मंगलबार टिजर सार्वजनिक गरेको हो ।
फिल्ममा फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।
फिल्मका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार हुन् ।