निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले मनायो सय दिन

फिल्मी फण्डा । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले राजधानीको एक हलमा शनिबार प्रदर्शनको सय दिन पुरा गरेको छ ।

कात्तिक २४ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले रञ्जना सिनेप्लेक्समा उक्त उपलब्धि हासिल गरेको हो । तिहार बिदामा रिलिज भएको यो फिल्मले सलमान खान स्टारर ‘टाइगर ३’लाई समेत चुनौति दियो ।

यो फिल्म २०८० सालमा १०० दिन मनाउने दोस्रो फिल्म हो । बैशाख १ गते रिलिज भएको ‘जारी’ले पनि उक्त उपलब्धि हासिल गरेको थियो । निर्देशक बस्नेत र यसका कलाकारले सामाजिक संजालबाट फ्यानलाई १०० दिनको अवसरमा धन्यवाद दिएका छन् ।

यो फिल्मले १० करोड हाराहारीमा कमाइ गरेको जनाइएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech