दयाहाङ र मिरुनाको फिल्म ‘घर ज्वाइँ’ को पूर्वी रुकुमको लुगमबाट छायाँकन सुरु

फिल्मी फण्डा । दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाइँ’ को छायाँकन सुरु भएको छ । शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि छायाँकन थालिएको हो । 

अनिल बुढामगरको निर्देशन रहेको फिल्म पूर्वी रुकुमको लगुम, तकसेरा,ढोरपाटनलगायतका स्थानमा खिचिने छ । करिब ३५ दिनको सेड्युल राखिएको फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, शिसिर वाङ्देल, पुस्कर गुरुङ,भोला सापकोटा, राज थापा काउचा, कविता आले,शिला आले,अनु थापा,बिना मगर, खड्गबहादुर पुन खबपु सोनाम लामा, विवेश बुढा, सुनील मगरलगायतले अभिनय गर्नेछन् ।  

जिएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका छन् । सुसन प्रजापतिको छायाङ्कन,हर्क साउद र मनोज थापाको शब्द, संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech