हरिवंश स्टारर फिल्म ‘महाजात्रा’ जापानमा चैत १० गते रिलिज हुने

फिल्मी फण्डा । प्रतीक्षित नेपाली फिल्म  ‘महाजात्रा’ चैत १० (मार्च २३) मा जापानको राजधानी टोकियोमा रिलिज हुने भएको छ ।

फिल्मको अन्तर्राष्ट्रिय वितरक सचिन आचार्यले यो सोसल कमेडी ड्रामालाई उक्त मितिमा त्यहाँको नाकानो जेरो हलमा प्रदर्शन गर्न लागेका हुन् । नेपालमा भने यो फिल्म चैत ९ गते रिलिज हुँदैछ ।

२०७३ सालमा रिलिज भएको ‘जात्रा’को यो तेस्रो श्रृंखला हो । यो श्रृंखलामा हरिवंश पनि जोडिएका छन् । यो फिल्ममा हरिवंशले खलपात्रको भूमिका निर्वाह गरेका छन् । विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झा समेत शीर्ष भूमिकामा छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech