दशैंको फूलपातीमा जुनियर एनटीआरको ‘देवारा’  रिलिज हुने

फिल्मी फण्डा । जुनियर एनटीआर, सैफअली खान र जान्ह्वी कपुर स्टारर प्रतीक्षित भारतीय फिल्म ‘देवारा’ आगामी दशैंको फूलपातीमा रिलिज हुने भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै १० अक्टोबर (असोज २४) गतेलाई रिलिज मिति घोषणा गरेका हुन् ।

दुई भागमा प्रदर्शन हुने यो फिल्मलाई दक्षिण भारतको प्रतीक्षित फिल्मको सूचीमा राखिएको छ ।

दशैं छेकोमा पाँच नेपाली फिल्मले प्रदर्शनको घोषणा गरिसकेका छन् । जसमा दीपकराज गिरीको ‘छक्कापञ्जा ५’, नीता ढुंगानाको ‘ह्रस्वदीर्घ’, सन्तोष सेनको ‘बलिदान’, निश्चल बस्नेतको ‘बेहुली फ्रम मेघौली’ र दिनेश राउतको ‘गाउँ नै रमाइलो’ दशैंमा आउने बताएका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech