फिल्मी फण्डा । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’को छायाँंकन सकिएको छ । बिभिन्न कारणले लामो समयदेखि २० प्रतिसत छायांकन रोकिएको फिल्म अहिले सकिएको हो । छायांकन सकिएसँगै फिल्मको मुम्बईमा सम्पादन सुरु भएको छ ।
लभस्टोरी कथामा निर्माण भएको फिल्म एबी इन्टरनेश्नलको ब्यानरमा अमित बस्नेत, परि थापा, सनिस खकुरेल, अजित थापा निर्माता हुन् । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा र कबिर खड्का, लोक बिक्रम मल्ल लगायतको अभिनय छ ।
निश्चल र गरिमाले यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन् । फिल्ममा हर्कुलस बस्नेत, यस डि योगि, बियोन्ड बि, सलिन बानियाँको संगीत रहेको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।