फिल्मी फण्डा । एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएको छ । विहीबार आयोजित पत्रकार सम्मेलनमा सौरभ चौधरी निर्देशित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा फिल्मका शीर्ष कलाकारहरु सौगात मल्ल, नाजिर हुुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायत फिचर्ड छन् । फागुन १८ गते प्रदर्शन तयारीमा रहेको छ ।
भारत र नेपालका विभिन्न थलोमा छायांकन गरिएको यो फिल्ममा सौगातको बहुचरित्रकरण देख्न सकिन्छ । निश्चल क्यामियो रोलमा प्रस्तुत छन् । तर, उनको चरित्र चित्रणबारे विस्तृत खुलाइएको छैन ।
प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको फिल्मको लेखन पनि सौरभकै छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता हुन् । सेभेन सिजले यसलाई अन्तर्राष्ट्रिय वितरण गर्दैछ ।