फिल्मी फण्डा । बलिउड सुपरस्टार शाहरुख खान बुधबार ‘वर्ल्ड गभर्मेन्ट समिट’ विश्व सरकार शिखर सम्मेलनको मञ्चमा देखिए । यूएईको दुबईमा भइरहेको यो ग्लोबल इभेन्टमा शाहरुखले आफ्नो ट्रेडमार्क हाँसोका साथ खुलेर कुरा गरे ।
भारतमा मात्रै होइन, विश्वभरका शाहरुखका फ्यान उनलाई हलिउड फिल्ममा हेर्न चाहन्छन् । उक्त सम्मेलनको स्टेजमा कालो सूटमा बसेका शाहरुखलाई होस्टले उक्त सम्मेलनमा शाहरुखलाई ‘लिजेण्ड’ भनेर परिचय गराएका थिए ।
उनलाई हलिउडका चर्चित जासूस नायक ‘जेम्स बन्ड’को भूमिका निर्वाह गर्न चाहनुहुन्छ कि ? भनेर होस्टले सोधे । शाहरुखले निकै रमाइलो पारामा भने, ‘तिमी धेरै प्यारो छौ, तर म लिजेन्ड होइन, म बन्ड हुँ । जेम्स बण्ड ।’
शाहरुखले भने, ‘म बन्ड बन्न चाहन्छु, तर त्यसका लागि म सानै छु ।’ उनको जवाफ सुनेर कार्यक्रममा उपस्थित निकै हाँसे । यसपछि जब शाहरुखलाई सोधियो( बन्ड फिल्ममा खलनायक बन्नेबारे के सोच्नुहुन्छ, त्यहाँ शाहरुखले भने, ‘यसका लागि म एकदमै रिसाएको छु ।’ शाहरुखले हलिउड फिल्ममा खलनायकको भूमिकामा एसियाली र ब्राउन व्यक्तिलाई कास्ट गर्नेबारे यस्तो अचम्मको ठट्टा गरे, जसमा उपस्थित हाँसे र ताली बजाए ।