भारतको कालिम्पोङमा हुँदैछ पुजा शर्माको  एक्सन फिल्म ‘दान्भी’को छायांकन 

फिल्मी फण्डा ।  भारत पश्चिम बंगालको कालिम्पोङमा यतिबेला नेपाली फिल्म ‘दान्भी’को छायांकन भइरहेको छ । रुपेश तामाङको निर्देशनमा बनिरहेको फिल्ममा पूजा शर्मा र कुन्साङ बोमजनको शीर्ष भूमिका छ ।

निर्माताले एक्सन दृश्यले भरिपूर्ण फिल्मको टिजर सार्वजनिक गरिसकेको छ । 

फिल्ममा पूजा र कुन्साङका साथै फिल्म ‘पर्खिबसें तिमीलाई’ फेम्ड अभिनेता किरण श्रेष्ठको पनि अभिनय छ । फिल्ममा देव मगर र अनुप गदालको लगानी छ । कार्यकारी निर्माता पवन राना मगर हुन् । कमला मल्ल, पञ्चबहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ र जीवन तामाङ सहनिर्माताको रुपमा छन् ।

श्री श्रेष्ठको एक्सन निर्देशन रहेको फिल्ममा हरिबहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, सञ्जोग कुँवर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालको संगीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र बाहुल बराइलीको कोरियोग्राफी छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech