फिल्मी फण्डा । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’टिमले ‘लाज शरणम्’ नाममा फिल्म बनाउने भएको छ । बुधबार वसन्त पञ्चमीको अवसर पारेर टिमले नाम सार्वजनिक गरेको हो ।
टिमका एक सदस्य दीपक आचार्य ‘काकु’का अनुसार फिल्मको सम्पूर्ण टिमको बारेमा केहि दिनमा औपचारिक घोषणा गरिनेछ । उनले फिल्म २०८१ वैशाखमा छायाँकन गर्ने योजना रहेको बताए ।
सिरियलको टिम पछिल्लो समय फिल्मको स्क्रिप्ट लेखनमा व्यस्त थियो । अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’को लेखन एवं निर्देशन रहँदै आएको ‘सक्किगोनि’ दर्शकमाझ निकै लोकप्रिय छ ।