फिल्मी फण्डा । निर्देशक कृषा चौलागाईंको फिल्म ‘पिताम्बर’ मा सुपुष्पा भट्टको इन्ट्री भएको छ । यससँगै फिल्म ‘पिताम्बर’मा ३ जना नायिका फाइनल भएका छन् । फिल्ममा यसअघि नै नायिकाद्धय सुरक्षा पन्त र आँचल शर्मा फाइनल भइसकेका थिए ।
यो फिल्मको १५ दिनको सेड्यूलको छायांकन केही दिनमा नै सुरु हुँदैछ । फिल्मको आज पूजा गरिएको छ । सरस्वती पूजाको दिनमा पूजा गर्दै फिल्मको शुभसाइत गरिएको हो ।
यो फिल्मको केन्द्रीय भूमिकामा नायक प्रदीप खड्काले काम गर्दैछन् । उनको साथमा फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, आँचल शर्मा, सुरक्षा पन्त, सुपुष्पा भट्ट, प्रमोद अग्रहरी, दिव्य देव, कामेश्वर चौरासियाँले काम गर्ने पक्का भएको छ ।