फिल्मी फण्डा । गायिका समीक्षा अधिकारीले एक दिन भन्दा पनि मनैदेखि सच्चा, सफा, इमानदार माया गर्ने जोडीहरूका लागि ३६५ दिनै प्रेम दिवस भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा शुभ–कामना पोस्ट गर्दै प्रेमको नाटक गरेर अर्कोको जिन्दगी र मनसँग खेल्नेहरूलाई पनि प्रेम दिवसको धेरै–धेरै शुभ–कामना भनेकी छन् ।
उनले लेखेकी छन्– ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूलाई पनि प्रेम दिवसको धेरै धेरै शुभकामना । मनदेखि सच्चा सफा इमानदार माया गर्ने जोडीहरूको लागि त ३६५ दिन नै प्रेम दिवस हो ।’