केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ को फष्ट लुक्स सार्वजनिक 

फिल्मी फण्डा । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ को फस्ट लुक्स सार्वजनिक भएको छ । केकीले प्रेम दिवसको अवसर फिल्मको पोष्टर सार्वजनिक गरेकी हुन् । 

फिल्मप्रति दर्शकको प्रेम अटुट रहने अपेक्षासहित निर्माण युनिटले आज फस्ट लुक सार्वजनिक गरेको हो । फिल्मको रिलिज मिति वैशाख १४ तोकिएको छ । 

सार्वजनिक पोस्टर पूर्ण रुपमा नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टरमा फिल्मको नामसँग मिल्ने गरी बिम्बात्मक रूपमा डिजाइन गरिएको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो । फिल्मका निर्माता केकीका बाबु बद्री अधिकारी र कार्यकारी निर्माता राज घिमिरे हुन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech