दीपेन्द्र के.खनालको फिल्म ‘मेयर’  नारायणहिटी मन्दिरमा शुभ–मुर्हूत

फिल्मी फण्डा । दीपेन्द्र के.खनालको निर्देशन रहने फिल्म ‘मेयर’ को शुभ–मुर्हूत गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर नारायणहिटी मन्दिरमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको शुभ–मुर्हूत गरिएको हो ।

क्यामर तथा स्क्रिप्त पूजा समेत गरिएको मुहूर्तमा कलाकार खगेन्द्र लामिछाने, वर्षा राउत, अनुप बराल, रमेश बुढाथोकी लगायत थुप्रै कलाकारको सहभागिता थियो । 
फिल्मको कथा सर्लाही जिल्ला, बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन सङ्घर्षलाई आधार मानेर तयार पारिएको निर्माण युनिटले कार्यक्रममा जानकारी गरायो ।

फिल्मको कार्यकारी निर्माता पनि निर्देशन दीपेन्द्र के खनाल नै हुन् । शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल निर्माता रहेको फिल्ममा  पटकथा महेश दवाडीले लेखेका छन् । कृष्णबहादुर थापाको छायाङ्कन रहने फिल्ममा जयन जे वाइबा र कल्याण सिंहको सङ्गीत रहनेछ ।

फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सन्जोग रसाइली, अशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायत अन्य कलाकारको अभिनय रहनेछ । फिल्मबाट श्रृष्टिमाँ खनाल र अर्विशा थापा कलाकारको रूपमा डेब्यु गर्दैछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech