नवलको रेखा लक्षित कटाक्षः हामीले यही देशमा बस्नु र सन्तान जन्माउनुपर्छ

फिल्मी फण्डा । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्म ‘काँडेतार’का निर्माता, निर्देशक तथा लेखक नवल खड्काले रेखा थापा सन्तान जन्माउन अमेरिका गएका विषयमा घुमाउरो तवरबाट प्रहार गरे । आफ्नो फिल्म ‘काँडेतार’सँग रेखाले फिल्म ‘उपहार’ भिड्न ल्याएको भन्दै उनले रेखामाथि आक्रोश पोखेका हुन् ।

‘देशलाई माया नगर्नेहरु, देशलाई डेरा बनाउन चाहनेहरु नै फिल्म जुधाउन आएका छन् । उहाँहरू कहाँ बस्नुहुन्छ, के गर्नुहुन्छ पत्ता लगाउनुहोस् । उनीहरू कोबाट संचालित छन् ’, उनले भने ‘हामी यही देशमा बस्न पर्छ, सन्तान यही जन्माउनपर्छ र यो देशलाई सुनौलो भविष्य सुम्पन पर्छ भन्ने मान्छे हौँ । हामी पलायन हुने वा कुनै अमुक देशमा गएर बच्चा जन्माउने र नागरिकता लिनेमा पर्दैनौँ ।’ नवलले रेखाको नाम नलिई उनीमाथि आक्रोश पोखेका हुन् ।

‘मैले एक वर्ष अगाडि नै सेन्सर गरेर प्रदर्शन मिति तोकेको हो । मसँग सेन्सर नै पास नभएका फिल्महरू जुध्न आएका छन्,उनले भने । 

नवलको फिल्म ‘काँडेतार’ र रेखाको फिल्म ‘उपहार’को प्रदर्शन मिति फागुन २५ एकै दिन परेको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech