रजनीकान्तले  एक मिनेटको सिन बराबर एक करोड लिएको हल्ला की सत्य ? 

फिल्मी फण्डा ।  पछिल्लो समय रजनीकान्त आफ्नै छोरी ऐश्वर्याको निर्देशनमा बन्न लागेको फिल्म  ‘लाल सलाम’ मा देखिएका छन् ।  उनले यस फिल्मको  ‘केमियो’ का लागि नै करिब ४० करोड भारु पारिश्रमिक बुझ्ने तय भएको भारतीय मिडियाहरूले दाबी गरेका छन् ।

मिडियाहरूको दाबीअनुसार रजनीकान्तले ‘स्क्रिन टाइम’को आधारमा फिल्मको लागि शुल्क लिने भएका हुन् । उनले प्रति मिनेटको पारिश्रमिक १ करोड दरले बुझ्ने बताइएको छ ।

यद्यपि निर्माण पक्षले भने रजनीकान्त फिल्मको डाइलग लेखनको काममा समेत सहभागी भएको बताएको छ । रजनीकान्त महँगो पारिश्रमिक बुझ्ने दक्षिण भारतीय नायक हुन् । ७३ वर्षका अभिनेताले लिने पारिश्रमिक चर्चाकै विषय बन्छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech