हरेक काम विजयसँग सल्लाहा लिएर मात्रै गर्छु : रश्मिका मन्दना

फिल्मी फण्डा । नायिका रश्मिका मन्दनाले आफूले गर्ने हरेक काममा विजय देवरकोन्डाको सल्लाह लिने बताएकी छिन् । भारतीय मिडियासँग कुरा गर्दै उनले भनेकी छिन्–‘म जुन पनि काम गर्छु, विजयको सल्लाह लिन्छु । मलाई सल्लाहको जरुरत छ । मेरो करिअरमा अरु व्यक्तिले भन्दा विजयले धेरै साथ र सहयोग गरेका छन् ।’

रश्मिका अहिले बलिउड फिल्ममा पनि व्यस्त छिन् । उनी अभिनीत पछिल्लो फिल्म ‘एनिमल’ बक्स अफिसमा सुपरहिट भयो । विजय भने साउथ फिल्ममै बढी केन्द्रित छन् । 

साउथका दुई सुपरस्टार नायक–नायिक विजय देवरकोन्डा र रश्मिका मन्दनाको  प्रेम चर्चा मिडियामा चलेको लामो समय भइसकेको छ । यी दुईले चाँडै नै बिहे गर्न लागेको खबर पनि सार्वजनिक भइरहेका छन् । तर, बिहेको विषयमा भने यी दुईले केही पनि प्रतिक्रिया दिएका छैनन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech