विपिन कार्कीको फिल्म ‘तेल भिसा’को कलाकार छान्न अमेरिकामा अडिसन हुने

फिल्मी फण्डा ।  फिल्म  ‘तेल भिसा’को निर्माण युनिटले कलाकार छनौट गर्ने उद्देश्यले अमेरिकामा अडिसन आह्वान गरेको छ । फिल्मको धेरै छायाँकन अमेरिकामा गरिने भएकोले त्यही अडिसन मार्फत कलाकार छान्न लागिएको हो ।

फिल्मको छायांकन धेरै अमेरिकामा गरिने भएकोले त्यहीको कलाकार छनौटका लागि अडिसन आयोजना गरेको हो । अडिसनमा फरक–फरक वर्ण र विभिन्न उमेर समूहका स्वदेशी तथा विदेशी सहभागी हुन सक्नेछन् । त्यसका लागि अमेरिकामा नै बसोबास गरेको हुनुपर्ने, कलाकारितासँगै अमेरिकाको रहनसहन, भाषा तथा भेषभूषाको समेत राम्रो ज्ञान हुनुपर्ने सर्त राखिएको छ । इच्छुकले निर्माण कम्पनी वेल डन क्रियशनको इमे फोटो र बायोडाटा पठाउनुपर्नेछ ।

चैतको दोस्रो हप्तादेखि अमेरिकाको मेरिल्याण्ड राज्यबाट छायांकन सुरु हुने फिल्म सेभेन सिज इन्टरटेन्मेन्ट र वेल डन क्रियशनको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्मको अमेरिकास्थित मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क र वासिङटन डिसीमा ७० प्रतिशत र बाँकी ३० प्रतिशत नेपालमा खिचिनेछ । 
 
फिल्ममा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे लगायतको अभिनय रहने छ । शंकर घिमिरेले निर्देशन गर्न लागेको फिल्मको अझै केही कलाकार फाइनल हुन बाँकी छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech