दयाहाङ राई र मिरुना मगरको बहुप्रतिक्षित फिल्म ‘मनसरा’ को सकियो छायाङ्कन

फिल्मी फण्डा । अभिनेता दयाहाङ राई र मिरुना मगरको बहुप्रतिक्षित फिल्म ‘मनसरा’ को  को छायाङ्कन सकिएको छ । ३० दिनको छायाङ्कनमा फिल्म सकिएको हो । 

फिल्मको छायाङ्कन ललितपुर, काठमाडौँ र पाँचथरमा भएको छ ।  पाँचथरमा कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो । फिल्म आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ ।

फिल्ममा मिरुना र दयाहाङका अलावा प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकीलगायतको अभिनय छ ।  निर्देशक  उपेन्द्र सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाकार शैलेन्द्रध्वज कार्की हुन् ।

फिल्मको सह–निर्मातामा विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, परशु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ छन् । कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा निमेष श्रेष्ठको सम्पादन रहनेछ ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech