फिल्मी फण्डा । डा त्रिशाला गुरुङ र गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘तिमी जे बन उदाहरण बन’ सार्वजनिक भएको छ । बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश गितले बोकेको छ ।
मनोज खड्काको शब्द र कल्याण सिंहको सङ्गीत रहेको गीतको भिडियो भने आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिमा निर्माण गरिएको छ । निर्देशक नव ढुङ्गेलको कल्पनामा एआई एनिमेसनको प्रयोग भएर भिडियो निर्माण भएको हो । गीतमा दिक्षित पौडेलको एरेन्ज छ ।