फिल्मी फण्डा। पहिलो सन्तानलाई जन्मदिन नायिका रेखा थापा केही समय अघिदेखि अमेरिकामा छिन् । यहीबिचमा उनको निर्माण तथा अभिनय रहेको फिल्म ‘उपहार’ फागुन २५ गतेबाट प्रदर्शनमा आउँदै छ ।
यस्तैमा रेखाले अमेरिकामा एक अन्तवार्ताका क्रममा ‘उपहार’ अहिले बजारमा आएको भन्दा भिन्न रहेको दाबी गरेकी छन् ।
सन्तान जन्माउन उनी अमेरिका गएको विषयमा नेपालमा नेतादेखि सर्वसाधारणसम्मले विभिन्न टीकाटिप्पणी गरिरहेका छन् । फिल्म रिलिजको बेला धेरै नै चटारो र तनाव हुने र गर्भावस्थामा त्यो स्वास्थ्यका लागि राम्रो नहुने फिल्म टिमको सुझावपछि आफू अमेरिका आएको उनले बताएकी छन् ।
रेखाको निर्माण अभिनय रहेको ‘उपहार’ ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । फिल्ममा रेखाको अलवा पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाल, तेज गिरी, समर्पण जंग कार्कीलगायतको अभिनय छ ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेका छन् । फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् ।