फिल्मी फण्डा । नितेश तिवारीले रामायण बनाउने घोषणा गरेयता नै यो फिल्मको स्टारकाष्टबारे निकै चर्चा चलिरहेको छ । फिल्ममा कुन कलाकारले कुन पात्रको भूमिका निर्वाह गर्लान् भन्ने चासो दर्शकहरूमा निकै छ । यस अघि रणवीर कपुरको जोडीका रूपमा दक्षिण भारतीय अभिनेत्री साई पल्लवी देखिने खबरहरू आएका थिए । तर अहिले फिल्मको कास्टिङमा हेरफेरको खबर आएको छ ।
फर्स्टपोष्टमा छापिएको एउटा समाचारका अनुसार साई पल्लवी अब फिल्ममा नरहने भएकी छिन् । उनको सट्टामा जान्हवीलाई सिताको भूमिका दिइएको छ । नितेशले जान्हवीसँग यस अघि बवालमा काम गरेका थिए । सिताको भूमिकामा जान्हवी फिट हुने नितेशको धारणा छ । अहिलेसम्म फिल्ममा जान्हवीको कास्टिङबारे आधिकारिक धारणा वा पुष्ट बयान आएको छैन । अभिनेत्रीलाई सिताको भूमिकामा देख्न पाउनु उनका फ्यानका लागि नौलो अनुभव हुनेछ ।
बलिउडमा युवा पुस्ताका अभिनेता अभिनेत्रीमाझ जान्हवी चर्चित नाम हो ।