आकाश र उमाको म्युजिकल फिल्म 'आफु गयौं नेटो काटी'

फिल्मी फण्डा । निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीले 'आफु गयौं नेटो काटी' शिर्षकको म्युजिकल फिल्म द स्काई मुभिज युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । 

बिहिबार काठमाडौँको जमलस्थित विश्वज्योति सिनेमाजमा एक कार्यक्रमका बीच सार्वजनिक भएको फिल्मले एकल महिलाले भोग्नुपरेको दुखको कथा देखाइएको छ ।

नेपाली समाजमा विधवालाई हेर्ने दृष्टिकोण चित्रण गरिएको फिल्म सन्देशमुलक छ । कार्यक्रममा बोल्दै निर्देशक अधिकारीले समाजलाई संदेश दिनका निमित्त आफुले जुनसुकै सामाग्री आर्थिक कलेक्सन गर्न भन्दा पनि समाजलाई संदेश दिन निर्माण गर्ने गरेको बताए । 

कार्यक्रममा रास्ट्रीय महिला आयोगको कार्यवाहक अध्यक्ष डा. विद्या कुमारी सिन्हा प्रमुख अतिथिको रुपमा उपस्थित थिईन् । 

जे होस्, आकाशको कन्सेप्ट, निर्देशन र अभिनय रहेको फिल्ममा उमा गिरिको मुख्य भूमिका रहेको छ । फिल्ममा उमा एकल महिलाको चरित्रमा देखिएकी छन्  । जे होस्, शिव ढकालले खिचेको फिल्मलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् भने रेनिश फागोले कलर गरेका हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech