केकी अधिकारीको  फिल्म ‘बोक्सीको घर’ बैशाख १४ मा प्रदर्शन हुने 

फिल्मी फण्डा ।  नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म आउँदो बर्षको वैशाखको १४ गतेबाट देशभरका हलमा रिलिज हुने निर्माणपक्षले बताएको छ ।

आठ बर्ष अगाडि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित रहेर यो फिल्मको निर्माण गरिएको हो । फिल्मलाई नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले निर्देशन गरेकी हुन् । यो फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारतीय, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

 फिल्मका कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन, लोकेशन बज्राचार्यको सम्पादन छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech