फिल्म ‘रुखान’को फस्टलुक सार्वजनिक 

फिल्मी फण्डा ।  फिल्म ‘रुखान’को फस्टलुक सार्वजनिक गर्दै निमार्णको घोषणा गरिएको छ । सविरको निर्देशनमा फिल्म ‘रुखान’ निर्माणको घोषणा गरिएको हो ।  

फस्टलुकले यो फिल्मले आम नागरिकको समस्याको कथा भन्ने संकेत गरेको छ । फस्टलुकमा आन्दोलनको झलक दिने तस्विर समेत समावेश गरिएको छ ।  

कृष्ण थापा (अष्ट्रेलीया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रूपक घिमिरेको कथा रहेको छ । फिल्मका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद रहनेछ । 

यो फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा।लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्म निर्माणमा आवरण स्किन एण्ड हेयर क्लिनिकले पनि सहकार्य गरेको छ । 

फिल्मलाई नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी भाषामा निर्माण गरिने छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech