साउथका चर्चित कलाकार ब्रमानन्दको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को फस्टलुक सार्वजनिक 

फिल्मी फण्डा । नायिका नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’को फस्टलुक सार्वजनिक भएको छ ।  साउथका चर्चित कलाकार ब्रमानन्दमको जन्मदिनमा उनलाई फिचर गर्दै फिल्मको फस्टलुक सार्वजनिक  गरिएको हो । 

यो फिल्मलाई निर्माणपक्षले आउँदो बर्षको असोजको ११ गतेबाट रिलिज गर्ने पक्का गरेको छ । दशैँको अवसर पारेर फिल्म रिलिज गर्न लागिएको हो । 

यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्ममा हरिहर अधिकारीको कथा, कविरलालको छायांकन, नीता ढुंगानाको लगानी छ । फिल्मको पहिलो र दोस्रो सेड्यूलको छायांकन सकिएको छ । तेस्रो सेड्यूलको छायांकन भारतमा गर्ने तयारी गरिएको छ । 

फिल्म ‘ह्रस्व दीर्घ’मा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, किरण केसी गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ । साथमा साउथका केही कलाकारले समेत यो फिल्ममा अभिनय गरेका छन् । 

 फिल्मको पोस्टर दुई भाषामा तयार पार्दै  सार्वजनिक गरिएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech