फिल्मी फण्डा । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको फिल्म पुष्पा–२ः द रुलको सुटिङ सेटबाट केही तस्बिर अनलाइनमा लिक भएका छ ।
लिक भएका तस्बिरहरू एक्समा भाइरल भएका छन् । फोटोमा अल्लु ‘गंगम्मा थल्ली’को अवतारमा देखिएका छन् ।
यसअघि मेकरहरुले पुष्पा २ को पोस्टरमा अर्जुनको यही लुक शेयर गरेका थिए । भाइरल तस्बिरमा अर्जुनले साडी लगाएका छन् ।
फर्स्ट लुक पोस्टरमा पनि अल्लु महिलाको पहिरनमा देखिएका थिए । यो तस्बिर हेरेर धेरैले अल्लुले तिरुपति प्रचलित अनुष्ठान ‘गंगम्मा तल्ली जथारा’ मा भाग लिन लागेको अनुमान गरेका थिए ।
सुकुमारको निर्देशनमा बन्न लागेको पुष्पा २ यही वर्ष अगस्ट १५ मा रिलिज गरिने भव्य तयारी भइरहेको छ । यो फिल्ममा अल्लु, फहद फासिल र रश्मीका मन्दनाको मुख्य भूमिका रहेको छ ।
फिल्म ५०० करोड भारु बजेटमा बनाउन लागिएको छ ।