२० करोडको लगानीमा बनेको फिल्म हनुमानले १५ दिनमा कमायो २ अर्ब ५० करोड माथि

फिल्मी फण्डा।  २० करोडको लगानीमा बनेको फिल्म हनुमानले १५ दिनमा २ अर्ब ५० करोड भारुभन्दा धेरै कमाइ गरिसकेको छ । फिल्मको सफलता देखेर मेकरहरुले यसको सिक्वेल जय हनुमान बनाउने घोषणा गरेका छन् ।

फिल्मको सिक्वेलमा १००० करोड भारु खर्च गर्न समेत निर्माताहरू तयार छन् । हनुमान १२ जनवरीमा रिलिज भएको थियो । 

हनुमानको अकल्पनीय सफलता देखेर मेकरहरुले फिल्मको सिक्वेलमा काम सुरु गरिसकेका छन् । निर्देशक प्रशान्त बर्माका अनुसार जय हनुमान बनाउन निर्माताहरुले १००० करोड भारु समेत दिन तयार छन् । तर आफूले यस्तो गर्न नचाहेको प्रशान्तको भनाई छ ।

प्रशान्तसँग फिल्मको स्क्रिप्ट तयार छ । तर उनी बिना कारण फिल्ममा पैसाको खोला बगाउन चाहँदैनन् । आवश्यकताअनुसार फिल्मको बजेट हेरेर अगाडि बढ्ने उनको भनाइ छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech