फिल्मी फण्डा । सन् २०२१ को हलिउड हिट फिल्म ‘द आइस रोड’ले २०२३ मा सिक्वेल बनाउने घोषणा गरेको थियो । दि आईस रोडको सिक्वेललाई नेपालमा पनि छायाँकन गर्ने बताइएको थियो । हलिउड अनलाईन डेडलाईनका अनुसार अधिकांश छायाँकन हिमालय क्षेत्रमा छायाँकन गरिने हुँदा नेपालमा छायाँकन गर्ने भन्दै फिल्मले नेपाली कलकारहरुको खोजी पनि गरिएको थियो ।

नेपाल आएर फिल्मको छायाँकन गर्न असहज भएर या कानूनी झन्झटका कारण पछि दि आईस रोड २ लाई क्यानडामा छायाँकन गर्ने तयारी गरेको थियो । अष्ट्रेलिया भिक्टोरिया राज्यले त्यस राज्य भित्र छायाँकन हुने फिल्मलाई आर्थिक सहायता दिने निर्णय गरेपछि दि आईस रोड २ को छायाँकन अष्ट्रेलियामा गर्ने निर्णय भयो ।

अहिले अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा फिल्मको छायाँकन भईरहेको छ । लियाम निसन स्टारर हलिउडको ब्लकबस्टर फिल्म ‘आइस रोड २’ को छायांकन मा भने नेपाली परिवेश र भूगोल देखाइएको छ ।
फिल्मका निर्माण टिमले नेपालको केही सिनहरुलाई सेट नै निर्माण गरि अष्ट्रेलियामा नै छायाँकन गरिएको हो । जहाँ नेपालको केही स्थान, परिवेश, बस र अन्य सिनहरु देखाइएको छ । फिल्मको कथावस्तु र छायाँकनको अधिकांश भाग नेपालको रहेको भएपनि फिल्मको निर्माण टिमले अष्ट्रेलियामा नेपालको सेट तयार पारी छायाँकन गरिएको हो ।

हलिउड अनलाईनले सार्वजनिक गरेको तस्विरमा फिल्मको लोकेसन र सेट देखिन्छ, जसमा नेपाललाई देखाइएको छ । केही दिनअघि सेट ज्वाइन गरेका हलिउड अभिनेता नेसनको एक फोटोमा नेपाली अक्षरमै ‘पहेंलो पुतली लज’ लेखिएको छ ।
डेडलाईका अनुसार वालहल्ला भन्ने ठाउँका सबै घरमा रङ पोतेर नेपालको जस्तै तुल्याइएको छ । ‘नेपाल पुलिस’ भन्दै नेपाल प्रहरीको भ्यान पनि छ । अर्को एक फोटोमा दरबाङ फ्रेस हाउस तथा तरकारी पसल भनिएको छ । तर दरबाङ म्याग्दीको गाउँको नाम हो ।
फिल्ममा हलिउडका स्टार लियाम निसन मूख्य भुमिकामा छन् । डाई हार्ड विथ अ वेन्जेन्स, आर्मगेडन र जुमान्जी फेम्ड लेखक जोनाथन हेन्सले यो फिल्मको निर्देशन गरिरहेका छन् ।


