फिल्मी फण्डा । अभिनेता पल शाह भोली रिहा हुने भएका छन् । बाल यौन दुरुपयोगको मुद्दामा उनी सजाय काटिरहेका थिए । अभिनेता शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको हो ।
न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने बताएका छन् ।
यस अघि जिल्ला अदालत तनहुँले पनि उनलाई सफाई दिएको थियो ।